NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

जनमोर्चा अध्यक्षमा चित्रबहादुर केसीको ‘सिल्भर जुब्ली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी पुनः निर्वाचित भएका छन् । चैत २४ गतेदेखि बुटवलमा भएको चौथो राष्ट्रिय सम्मेलनबाट पनि केसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका भएका हुन् । सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय नेतृत्व चयन गरेको छ । पार्टीको कार्यकारी अध्यक्षमा रेश्मिराज नेपाल, उपाध्यक्षमा जनकराज शर्मा र दुर्गा पौडेल , महासचिवमा मनोज भट्ट, कोषाध्यक्ष मधु क्षेत्री र सचिवमा हिमलाल पुरी निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः शंकर वराल, कृष्ण थापा, कृष्णबहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लाल बहादुर जाग्री, सोम कुमार कार्की, कमला जिसी, राजेन्द्र ढुंगाना, लालबहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिल बहादुर दर्जि, देवि शर्मा, भागरथि भट्टराई, दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री र कल्याणि श्रेष्ठ निर्वाचित भएका छन् । वैकल्पिक सदस्यमा को–को ? सम्मेलनले वैकल्पिक सदस्यहरू क्रमशः गिरिप्रसाद बुढा, हेमकुमार गुरुङ,अमृत पाण्डे, गणेश आचार्य, गौरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, कमल बिक्रम शाही, उदयनारायण चौधरी, सुवर्ण बिक्रम थापालाई चयन गरेको छ । त्यस्तै सम्मेलनले बद्रे आलम, अमर थापा, लोकेन्द्र लम्साल, काजिलाल वाईवा, मोमिना खातुन, राम बहादुर फुँयाल, दधिराम आचार्य, सागर केसी, देवजंग शाही, मोहनमणि ढकाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेको छ । केसी अध्यक्षताको जनमोर्चाले गण्डकी प्रदेशमा राम्रो पकड बनाएको छ भने राष्ट्रिय राजनीतिको गणितमा पनि प्रभाव पार्ने हैसियतमा रहेको छ । पार्टीको विधानअनुसार नयाँ नेतृत्वको कार्यकाल पाँच वर्षको रहनेछ । २५ वर्षअगाडि गठन भएको पार्टीमा केसी निरन्तर अध्यक्षको जिम्मेवारीमा छन् ।