NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

६ महिनादेखि थन्कियो रेल, प्रधानमन्त्री ओली भन्छन्, ‘यही महिनादेखि चल्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले यही (वैशाख) मा रेल चल्ने दाबी गरेका छन्। धनुषाको कुर्थादेखि भारतको जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि सरकारले खरिद गरेको रेल ६ महिनादेखि थन्किएर बसेको छ। रेल सञ्चालनका लागि जनशक्ति र कानुन नहुँदा त्यतिकै थन्किएर बसेको हाे। रेल सञ्चालनको लागि आवश्यक पर्ने रेलवे विधेयक संसदमै थन्किएर बसेको छ। २०७६ पुस १८ गते राष्ट्रिय सभामा पेश गरेको रेलवे विधेयक छलफलकै क्रममा छ। रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेका बेला प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा सम्बाेधन गर्दै यही महिना सञ्चालन हुने बताएका हुन्।