प्रधानमन्त्रीलाई कोरोनाको आशंकापछि सल्लाहकारको आपत्ति
काठमाडौं । केही मिडियाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर समाचार सम्प्रेषण गरेपछि उनका प्रेस सल्लाहकार सूर्य थापाले यो विषयलाई खण्डन गरेका छन् । मिडियाको भ्रम प्रचार- भन्दै उनले प्रधानमन्त्रीविरुद्ध नियोजित रुपमा प्रचार गरिएको बताएका हुन् । ‘मिडियाको भ्रम प्रचार- कतिपय सञ्चारमाध्यमले नियोजित रूपमा प्रधानमन्त्री आइसोलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाको आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हो।’ सामाजिक संजालमा लेखेका छन् । तर, सल्लााहकार सूर्य थापासँगै फोटो खिचाएका एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोरोना पोजेटिभ देखिएको थियो । मिडियाकाे भ्रम प्रचार -कतिपय सञ्चारमाध्यमले नियाेजित रूपमा प्रधानमन्त्री आइसाेलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्ताे दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैकाे ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाकाे आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हाे।— Surya Thapa (@ThapajiSurya) April 29, 2021
प्रतिक्रिया