NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कालिकोटका संक्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कालिकोटको नरहरीनाथ गाउँपालिकाका ७३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । बिहीबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।