फोटोमा निषेधाज्ञा : नागरिक टोलाउँदै, सेना घोडा कुदाउँदै
काठमाडौं । कोरोना संक्रमण न्यूनीकरण गर्न सरकारले राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । मानिसहरुको भीडभाड र चहलपहल कम गरेर संक्रमणको चेन तोड्ने उद्देश्यले सरकारले निषेधाज्ञा जारी गरेको हो । राजधानीका तीन जिल्लामा आजबाट १५ दिनका लागि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक हिँडडुल गर्न र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । उपत्यकामा निषेधाज्ञा पालना गराउन ठाउँठाउँमा प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ । बेरिकेड राखेरै ३ हजारभन्दा बढी प्रहरी निषेधाज्ञा पालना गराउन खटाइएको छ । बिहानैदेखि विभिन्न ठाउँँमा जाँचका क्रममा सवारी पास नलिई आवातजावत गर्नेलाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ । देशका विभिन्न स्थानबाट राति छुटेका सवारी साधन बिहान राजधानी आइपुग्दा कलंकी, कोटेश्वर लगायतस्थानमा सवारी चाप बढी थियो । कार्यालय समय सुरु हुने बेला अत्यावश्यक सेवामा खटिने तथा सवारी पास भएका मोटरसाइकल र कारहरुको संख्या अधिक हुँदा केही स्थानमा सवारी जाम नै भएको थियो । सडकमा एम्बुलेन्स, शववाहन, दुध तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारी साधन, पेट्रलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलगायतलाई भने निर्वाध सञ्चालन हुन दिइएको छ । विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारमा पनि शर्तसहित छुट दिइएको छ । फोटोमा हेर्नुहोस्, निषेधाज्ञाले सुनसान बनेको काठमाडौं उपत्यका : सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध आफूले व्यापार गर्ने सटरअगाडि बसेर टोलाउँदै । भद्रकालीमा सवारी जाँच गर्दै ट्राफिक प्रहरीहरु । उपत्यकामा निषेधाज्ञापछि बन्द काठमाडौं मल । सुनसान सिंहदरबार सडक खण्ड । निषेधाज्ञा लागू भएपनि बिहीबार बिहान घोडचडी सैनिकहरु टुँडिखेलमा तालिमको लागि जाँदै । दरबारमार्गमा सवारी जाँच गर्दै ट्राफिक प्रहरीहरु । सुनसान न्युरोड गेट । बन्द भएको सटरअगाडि बसेर टोलाउँदै व्यापारी । सुनसान सुन्धारा सडक खण्ड । पृष्ठभूमिमा नवनिर्मित धरहरा । (सबै तस्बिर : प्रदीपराज वन्त/रासस)
ताजा अपडेट
-
जंगलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध
-
‘साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका छौं’
-
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय किन कार्यान्वयन भएन ?
-
प्रभावकारी लेखा सुपरीवेक्षण समिति : सहकारी जोगाउने सञ्जीवनी
-
स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने
प्रतिक्रिया