NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रुसबाट खोप ल्याउन प्रधानमन्त्री र प्रतिनिधिबीच बालुवाटारमा के कुरा भयो ?

काठमाडौं । नेपाल सरकारलाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) पठाउनका लागि रुस सरकार इच्छुक देखिएको छ । नेपालका लागि रूसी महासंघका राजदुत अलेक्सेइ नोभिकोभले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेट गरी नेपाललाई उक्त खोप उपलब्ध गराउन रुस सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा रूसबाट नेपालले खरिद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउन राजदुत नोभिकोभलाई ओलीले आग्रह गरे । राजदुत नेभिकोभसहितका प्रतिनिधिले त्यसमा आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको छ । फाइल तस्बिर/ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार