NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोना संक्रमित बिहारका मुख्यसचिव सिंहको निधन

पटना । बिहारका मुख्य सचिव अरुण कुमार सिंहको कोरोना सङ्क्रमणका कारण शुक्रबार निधन भएको छ । संक्रमणपछि स्वास्थ्यमा देखिएका जटिलताको कारण पटनाको एक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा त्यहीं निधन भएको बिहारका मुख्यमन्त्री नीतिश कुमारले जानकारी दिए । सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का वरिष्ठ अधिकारी थिए । जनता दल युनाइटेडका प्रमुख नेता कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि सिंह यसै बर्षको फेब्रुअरीमा बिहारको मुख्य सचिवका रूपमा नियुक्त भएका थिए । सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो । बिहारमा हाल एक लाख ८८२ जना सक्रिय सङ्क्रमित छन् भने २ हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ ।