NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रवि लामिछानेसँग प्रचण्ड र ओलीको लामो छलफल

काठमाडौं । गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग प्रधानमन्त्री प्रचण्ड तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब तीन घन्टा लामो छलफल भएको स्रोत बताउँछ ।
लामिछाने समेत मुछिएको सहकारी ठगीका घटनामा संसदीय छानविनको माग नेपाली कांग्रेसले गरिरहेको अवस्थामा लामो छलफल भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्डले संसदीय समिति बन्न सक्ने बताएका छन् ।
तर, लामिछानले आफ्नो नाममा जिबी राईले सहकारीबाट पैसा निकालेर हिनामिना गरेको प्रष्टीकरण दिदै आएका छन् ।
संसदीय समिति नबने नेपाली कांग्रेसले संसद चल्न नदिने अडान लिएको छ । यसबाट बजेट नै प्रभावित हुने भएपछि सत्तारुढ दलका नेताहरुबीच लामो छलफल भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष