NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यी हुन् कोरोनाबाट संक्रमित ‘हाइप्रोफाइल’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अत्याधिक रुपमा बढेको छ । एक वर्ष अघिको पहिलो लहरमा धेरैलाई परीक्षण गर्दा थोरैलाई मात्र कोभिड पोजेटिभ देखिने गरेको थियो । तर, यस वर्षको दोस्रो लहरमा भने परीक्षण गरिएकामध्ये धेरैलाई पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएर शारीरिक रूपमा अस्वस्थ बनेका धेरैलाई अक्सिजनको सपोर्ट चाहिएको छ । यसपटक कोरोनाबाट संक्रमित हुनेमा सर्वसाधारणदेखि हाइप्रोफाइन व्यक्तिहरु पनि उत्तिकै रहेका छन् । पूर्व राजा, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान सेनापति मात्रै होइन बहालवाला मन्त्रीदेखि नेताहरु पनि उत्तिकै मात्रामा कोरोना संक्रमित भएका छन् । भारतको कुम्भमेलामा नुहाएर आएका पूर्व राजारानीलाई कोभिड देखिएपछि उनीहरु नर्भिक अस्पतालमा उपचाररतः छन् । दुईमध्ये पूर्व रानी कोमललाई अक्सिजनको अत्याधिक सपोर्ट दिएर उपचार भइरहेको छ । पूर्व प्रधान सेनापति रुकमांगद कटवाल पनि यतिखेर कोभिडको उपचारमा छन् । उनी दुई हप्ताभन्दा बढीदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत छन् । त्यस्तै, पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल पनि कोरोनाबाट संक्रमित भएका छन् । नेता खनाललाई शनिबार कोरोना पोजेटिभ पुष्टि भएको हो । सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापा पनि कोरोनाबाट संक्रमित भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।