NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

काठमाडौंका अस्पतालमा आइतबार एक हजार शैय्या थपिने

काठमाडौं । सरकारले काठमाडौंका अस्पतालमा कोभिड– १९ उपचारका लागि १ हजार शैय्या थप गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले शनिबार भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् । उनले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधिहरु दुई-तीन दिनमै ल्याइनेसमेत जानकारी दिए । मन्त्री त्रिपाठीले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउँदै भारतमा कोरोना संकट बढ्दा अक्सिजन आपूर्तिमा केही समस्या भए पनि नेपालमा आतंकित हुनपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘उपचारको सबै जिम्मा सरकारले लिएको छ । सरकार प्रतिबद्धता पुरा गर्न कटिबद्ध छ’ मन्त्री त्रिपाठीले भने ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ । नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार छ ।’ भ्याक्सिन र अक्सिजनको व्यवस्था मिलाउन सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटिको नैतिक जिम्मेवारी मन्त्रीको हिसाबले आफूले लिने बताए । संक्रमणको दरलाई घटउन निषेधाज्ञा महत्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न जनतासमक्ष आग्रह गरे । सांकेतिक तस्बिर