NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दाङमा रोकी राखेको कारभित्र तीन शिशु मृत फेला

काठमाडौं । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकी राखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ । सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । मृत शिशुहरुको पहिचान खुल्न सकेको छैन । सांकेतिक तस्बिर