NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बाइडनकाे याे फैसलाले विश्वमा आशा पलायाे

कोरोना भाइरस खाेप बौद्धिक अधिकारबाट बाहिर राख्न विश्व व्यापार संगठनले गरेकाे पहलमा अमेरिकाले समर्थन जनाएकाे छ। समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले डेमोक्रेटिक सांसद र १०० बढी देशकाे बढ्दाे दबाबका कारण याे अस्थायी समर्थन दिएका हुन्। यदि काेराेना खाेपलाई बौद्धिक अधिकार बाहिर राखिएमा धेरै मुलुकमा खाेप उत्पादन हुनेछ जसले गरिब मुलुकले पनि चाँडाे खाेप पाउने अपेक्षा गरिएकाे छ। भारत र दक्षिण अफ्रिका जस्ता मुलुकले याे प्रस्ताव गरेका थिए। तर औषधि निर्माताहरुले भने याे छूटले उत्पादन नबढ्ने दाबी गरेका छन्। आविष्कार भएको खोप उत्पादन गर्न सक्षम उत्पादकलाई स्वतन्त्र रुपमा उत्पादन गर्न दिएमा चाँडो खोप उत्पादन भएर सहज आपूर्ति हुने र यसले महामारी नियन्त्रणमा सहज हुने विश्व व्यापार संगठनकाे दाबी छ। -एजेन्सी