NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एमाले स्थायी कमिटी बैठक सुरु, राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवार तय गर्ने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक केही बेरअघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा खनाल-नेपाल पक्षका नेताको भने सहभागीता छैन । बैठकले वाग्मती र लुम्बिनी प्रदेशमा १/१ स्थानका लागि हुन गइरहेको राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने बताइएको छ । राष्ट्रिय सभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले भने उम्मेदवार तय गरिसकेका छन् । वाग्मतीमा गृहमन्त्री रामबहादुर थापाको ठाउँमा रिक्त रहेको पदमा खिमलाल देवकोटा र लुम्बिनीमा चन्द्रबहादुर खड्काको ठाउँमा दीर्घनारायण पाण्डेलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाउने भएका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको खनाल-नेपाल पक्षसमेत सामेल छ । उपनिर्वाचन वाग्मतीमा वैशाख ६ र लुम्बिनीमा वैशाख १७ का लागि तय भएको छ । यस्तै, बैठकमा प्रधानमन्त्रीले लिने विश्वासको मत र पछिल्लो समसामयिक राजनीतिबारे पनि छलफल हुने बताइएको छ ।