NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

संक्रमितको उपचारका लागि शय्या चाहिएको छ ? यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अस्पतालमा शय्या चाहिएमा टोल फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जानु परेमा दिइएका नम्बरमा सम्पर्क गर्न भनेको हो । यी नम्बरमा फोन गरे शय्या उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा फोन गरी सेवा लिन सक्ने पनि व्यवस्था मिलाइएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव छ । बुधबार मात्र ८ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।