NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एमाले बैठकलगत्तै प्रधानमन्त्री ओली किन पुगे राष्ट्रपतिलाई भेट्न शीतलनिवास ?

काठमाडौं । एमालेको स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । राष्ट्रिय सभाका उम्मेदवार चयन, २७ वैशाखमा संसदमा लिने विश्वासको मतका विषयमा छलफल गरेर ओली शीतलनिवास पुगेका हुन् । एमाले बैठकले विश्वासको मत पुर्याउन पहल गर्ने निर्णय गरेपछि ओली बैठक स्थलबाटै सोझै शीतलनिवास पुगेका हुन् । ओलीले विश्वासको मत दिन बुधबार मात्रै कांग्रेससँग आग्रह गरेका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु प्रतिपक्षी दल रहेको भन्दै ओलीको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । यता एमालेमा पनि माधव नेपाल पक्षले विश्वासको मत लिनुपूर्व नै सांसदबाट राजीनामा दिने तयारी गरेको छ । उनीहरुको यस्तो तयारीपछि कसरी अगाडि बढ्ने भनेर ओली संवादमा जुटिरहेका हुन् । नेपाल पक्षले राजीनामा दिए ओलीलाई संसदमा बहुमत जुटाउन गाह्रो पर्नेछ । यसैले राष्ट्रपतिसँगको उनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।