NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार बिहान उपचारका क्रममा न्यूरो अस्पतालदमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । छातीमा समस्या देखिएपछि उनलाई बिहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । छातीमा समस्यासहित उनीमा सामान्य ज्वरो देखिएको थियो । बिहान पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । तर, केही बेरअघि निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।