NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एमाले वागमती प्रदेशको सचेतकमा निरौला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनित गरिएको हो । दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज वागमती प्रदेशसभा सचिवाललाई जानकारी समेत गराइएको छ । काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत निर्वाचित प्रदेशसभा सदस्य निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिव पनि हुन् ।