NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि कांग्रेसले बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ मा प्रतिनिधिसभाको बैठक बस्ने तय भएपछि कांग्रेसले शनिबार संसदीय दलको बैठक राखेको हो । शनिबार बस्ने उक्त बैठकले प्रतिनिधिसभाको २७ गते बस्ने बैठकमा कांग्रेस सांसदको भूमिका, बदलिँदो राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर देउवासहित कांग्रेसका शीर्ष नेताहरुलाई भेटेर विश्वासको माग मागेका थिए । तर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएको छ ।