समय नपुगेको भन्दै राष्ट्रपतिविरुद्ध पेश भएका १३ वटै रिट दर्ता हुन सकेनन्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्च अदालतमा लगिएका १३ वटै रिट शुक्रबार दर्ता हुन सकेनन् । समय अभावका कारण देखाउँदै ती रिटहरू दर्ता गर्न नसकिएको सर्वोच्च अदालतले जनाएको छ । संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरू गरेको भन्दै सर्वोच्चमा रिट पेस भएका थिए । अधिवक्ताहरू लोकेन्द्रबहादुर वली, विमल अधिकारी, अजय बुढाथोकी, सन्तोष भण्डारीलगायतले रिट पेस गरेका थिए ।
प्रतिक्रिया