NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राष्ट्रपतिप्रति गगन थापाको आक्रोश : महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिप्रति आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्रीको जालझेल र अपराधमा साध दिँदा दागै दाग लागेको भन्दै अन्तिम पटक सुध्रिन अनुरोध गरेका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले अन्तिम पटकको मौकामा पनि नसुध्रिए महाअभियोग लगाउनेतर्फ संकेत गरेका छन् । उनले भनेका छन्, ‘ओलीको जालझेल र अपराधिमा साथ दिँदा लागेको दागै दाग छ । महामहिमलाई परिस्थितिलाई अन्तिम पटक सुध्रिने मौका दिएको छ । नभए भीरबाट खस्नेलाई राम राम !’ यस्तै उनले प्रधानमन्त्री ओलीले पनि १५३ जना सांसदको समर्थन भएको सरकारले धारा ७६(३) को विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको भन्दै प्रश्न गरेका छन् । साथै आफैं विश्वजासको मत लिन सक्दिन भनेर सरकार गठनको बाटो पनि खोल्ने र बहुमतको समर्थन छ भन्दै दाबी गर्नु जालझेल भएको उनको भनाइ छ ।उनले भनेका छन्, ‘प्रमले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आव्हान गर्ने । अब फेरि जालझेल !’ नेता थापाले विश्वासको मत नपाउने प्रस्ट हुँदा हुँदै बहुमतको समर्थन छ भन्दै दावी गर्नु असंगत मात्रै नभई अवैधानिक र अनैतिक भएको आरोप लगाएका छन् ।