NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

स्वास्थ्य सम्बन्धी सूचना विभागीय मन्त्री र तोकिएका अधिकारीबाट मात्रै लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथा स्वास्थ्य सम्बन्धी कुनै जानकारी वा सूचना लिनुपरेमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका अधिकारीबाट मात्रै लिन अनुरोध गरेको छ । अनधिकृत व्यक्तिबाट लिइएको सूचनाले समाजमा कोरोना र जनस्वास्थ्य सम्बन्धी भ्रम फैलिएको भन्दै सञ्चारमाध्यमलाई विभागीय मन्त्री र मन्त्रालयले तोकेका अधिकारीबाट मात्रै सूचना लिन अनुरोध गरिएको हो । तोकिएका व्यक्तिबाहेक अन्यहरुबाट सूचना तथा जानकारी लिने कार्य रोकिदिन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेर अनुरोध गरेको छ । सबै सञ्चारमाध्यमलाई प्रधानमन्त्री कार्यालयबाट तोकिएका व्यक्तिबाहेक अन्यबाट सूचना नलिनका लागि पत्राचार गरिदिन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।