NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

जसपामा कारबाहीको श्रृंखला, महन्थले पनि उपेन्द्रलाई निकाले पार्टी सदस्यबाट

काठमाडौं । जनता समाजवादी पार्टीभित्र एक अर्कालाई कारबाहीको श्रृंखला चलेको छ । केन्द्रीय कार्यकारिणी सदस्यबो बैठकबाट महन्थ ठाकुरसहित चार नेतालाई बाबुराम–उपेन्द्र पक्षले निष्कासन गरेपछि महन्थ पक्षले पनि यादव पक्षमाथि कारबाही गरेको छ । महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई पनि पार्टी सदस्यबाटै निष्कासन गरेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । यादवलाई कारबाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउने डा. सुरेन्द्र झाले जानकारी दिए । यसअघि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको थियो । उपेन्द्र पक्षले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ । ओली सरकारमा सहभागी हुने भएपछि महन्थ पक्षलाई कारबाही गरिएको हो । यस्तै, महन्थ पक्षले पनि पार्टीको विधान विपरीत देउवालाई सहयोग गरेको भन्दै उपेन्द्र यादवमाथि कारबाही गरेको जनाएको छ ।