NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बाँकेमा थप ७ जना सङ्क्रमितको मृत्यु

बाँके । कोरोना सङ्क्रमणबाट बाँकेमा हालसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्ला भित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ओलीका अनुसार मृतकमध्ये बाँके र बर्दियाका २/२ जना तथा कैलाली, सल्यान र रोल्पाका १/१ गरी ७ जना रहेका छन् ।