NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

संवैधानिक इजलासबाट बाहिरिए दुई न्यायाधीश, श्रेष्ठ र केसीले छाड्न मानेनन्

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिटको सुनुवाइ गर्नका लागि गठन गरिएको संवैधानिक इजलासबाट दुई न्यायाधीश बाहिरिएका छन् । न्यायाधीश दीप कुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने निर्णय गरेका हुन् । रिट निवेदक पक्षका कानुन व्यवसायीले संवैधानिक इजलासमा राखिएका न्यायाधीश द्वय तेज बहादुर केसी र बम कुमार श्रेष्ठले इजलास छाड्नु पर्ने माग गरेका थिए । श्रेष्ष्ठ र केसीले इजलास छाड्न नमानेपछि इजलासमा रहेका अन्य दुई न्यायाधीश भट्टराईले र कार्कीले इजलास छाडेका हुन् । श्रेष्ठ र केसीले नेकपा विभाजनको मुद्दासँग अहिलेको मुद्दामा कुनै सरोकार नदेखिएकाले आफूहरु हट्नुपर्ने कुनै कारण नभएको बताएका छन् । २३ गतेसम्मका लागि इजलास स्थगित गरिएको छ । वैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको जानकारी गराएपछि सुनुवाइ स्थगित भएको हो । न्यायाधीशद्वयका तर्फबाट न्यायाधीश कार्कीले पत्र पढेर सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको घोषणा गरेका हुन् । यस्तै, मंगलबार बिहान बार एसोशियसनका पदाधिकारी र सदस्यहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले नियमावली संशोधन गरे वरिष्ठताका आधारमा इजलास गठन गर्ने प्रतिद्धता जनाइसकेका छन् । यस्तो छ इजलास छाडेका र छाड्ने नमान्ने न्यायाधीशहरुको राय (पूर्णपाठ)