NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोनाले गम्भीर बनेका उज्जवल थापाको ४४ वर्षको उमेरमा निधन

काठमाडौं । साझा विवेकशील पार्टीका संस्थापक तथा विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको मंगलबार निधन भएको छ । कोरोना संक्रमणपछि गम्भीर बनेका थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन ९एक्मो मार्फत उपचार थालिएको थियो । सोमबार उनको रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्य अवस्था अन्त्यन्तै बिग्रिएकाले बचाउन नसकिएको अस्पताल प्रशासनले बताएको छ । थापाको सचिवालयले पनि थापाको मृत्युको पुष्टि गरेको छ । सचिवालयले एक विज्ञप्ति जारी गर्दै अथक प्रयासका बावजुद पनि थापालाई बचाउन नसकिएको भन्दै उपचारका क्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ । ४४ वर्षीय थापा नेपाली राजनीतिका एक उदाउँदा नक्षेत्र थिए । उनी युवा वर्गका लागि निकै लाकप्रिय थिए । निजी सचिवालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा प्रिय उज्वल बहादुर थापा, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद हामीबीच रहनुभएन । ’