NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

संस्थापक संयोजक थापाको सम्मानमा एउटा वृक्षारोपण गर्न विवेकशील साझा पार्टीको अनुरोध

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्ना संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको स्मृति र सम्मानमा कम्तिमा एउटा वृक्षरोपण गर्न आह्वान गरेको छ । मंगलबार थापाको निधनपछि शोक वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले १३ औं दिनको पुण्यतिथिमा वृक्षरोपण गर्न आह्वान गरेका हुन् । कोरोनाले थलिएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । आज दिउँसो सवा चार बजेतिर उनको मृत्यु भएको हो । पार्टीले भनेको छ, ‘आज बसेको आकस्मिक बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ ।’ साथै यही बिचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय पनि गरिएको छ । नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको साझा विवेकशीलले भनेको छ ।