NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

उज्जवल थापाको सम्मानमा गगन थापाले भने–असल मान्छेको अभाव खड्किरहनेछ

काठमाडौं । कांग्रेस नेता गगन थापाले विवेकशील नेपाली दलका संस्थापक उज्जवल थापाको निधनले समाज रुपान्तरणको एक अभियन्ता गुमाउनुपरेको बताएका छन् । कोरोना संक्रमणबाट थापाको निधन भएपछि थापाले अथक अभियन्ताको अभाव सधैं खड्किरहने बताएका हुन् । ‘उज्वल थापा हामी बिच रहनुभएन।एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आत्माको चीर शान्तिको कामना ! परिवारजनमा हार्दिक समवेदना !’ थापाले फेसबुकमार्फत् भनेका छन् ।