NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सामाजिक संजालमार्फत् उज्जवल थापाप्रति सम्मानको लहर, कसले के भने ?

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक एवं विवेकशील साझाका पूर्व संयोजक उज्जवल थापाको निधनमा सामाजिक संजालमा असीमित सम्मान व्यक्त भएको छ । परम्परागत राजनीतिक शक्तिको हालीमुहालीकाबीच शान्त र भद्र शैलीमा वैकल्पिक राजनीतिका लागि युवाहरुलाई नेतृत्वमा विकास गरेका थापाको निधनपछि उनीप्रति राजनीतिक दलका नेता, कलाकार, खेलाडी, उद्योगी व्यापारी, पेशागत सघं संस्थाका प्रतिनिधिसहितले सम्मान व्यक्त गरेका छन् । छोटो समयमै मूलधारे राजनीतिभन्दा अलग पहिचान बनाएका उनीप्रति अन्य दलका नेताहरुले झन् अघि सरेर सम्मान व्यक्त गरेका छन् । थापाको कोरोना संक्रमणले मंगलबार उपचारकै क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो । कसले के भने ? नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ। वहाॅको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ।वहाॅप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहीरो समवेदना! pic.twitter.com/iBsvtvyJeJ— Baburam Bhattarai (@brb1954) June 1, 2021