NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

लोक सेवा पास गर्ने मुख्य ६ टिप्स

काठमाडौँ । विषयवस्तु घोकेर, सबै प्रश्नको हल गरेर मात्र लोक सेवाको परिक्षा पास हुन्छ भन्ने हुँदैन । अन्य परिक्षा भन्दा भिन्न प्रकारको परिक्षा हो लोक सेवा । विश्वविद्यालयको परिक्षामा लेखेको जस्तो उत्तरले लोक सेवा पास करिब करिब सम्भव छैन । प्रश्नले मागेको कुरा ठ्याक्कै लेख्न सकिएन भने लोक सेवा परिक्षामा जति धेरै लेखेर पनि नम्बर आउँदैन । त्यसैले लोक सेवा पास गर्नेगरी कसरी परिक्षाको तयारी गर्ने भन्ने सम्वन्धी ६ टिप्स ।  प्रश्नले खोजेको चुरो नबुझी लेख्दा जति धेरै लेखे पनि नम्बर आउँदैन । त्यसलै प्रश्नले के खोजेको छ भन्ने कुरामा ध्यान दिने ।  प्रश्नलाइ दोहोर्‍याएर पढ्ने र मागेको, खोजेको उत्तर मात्र लेख्नुपर्छ ।  जति छोटो र सरल प्रश्नमा पनि सुरुमा सानो परिचय र भाव झल्किने सारांश लेख्नुपर्छ ।  लेखाइलाई बँुदागत ढंगले मात्रै प्रस्तुत गर्नुपर्छ, जुनसुकै प्रश्न होस्, उत्तर बुँदागत दिन सकिन्छ । तर, बुँदा पूरै वाक्यको हुनुपर्छ ।  उत्तर दिँदा तथ्यांक, उदाहरण, तुलनात्मक, तर्कगत र कारण र प्रभाव लेख्नुपर्छ ।  सम्बन्धित विद्वान् वा कसैको भनाइ र तर्क जोडेर उत्तरको पुष्टि र निष्कर्ष लेख्नुपर्छ ।