NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोभिड साइडइफेक्ट : संक्रमितहरुमा मुधमेह हुने समस्या देखियो

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बिरामीमा मधुमेहको समस्या देखिन थालेको छ । संक्रमितको उपचारमा संलग्न विशेषज्ञहरुका अनुसार पहिला मधुमेहको समस्या नभएकाहरूमा पनि भाइरसको संक्रमणपछि यस्तो समस्या देखिन थालेको छ । चिकित्सकहरूले त्यसलाई कोभिड–१९ बाट भएको मधुमेहको नाम दिएका छन् । भारतको मुम्बईस्थित केईएक अस्पतालका डायबिटिज विशेषज्ञ डा।बेंकटेश शिवानेका अनुसार कोरोना संक्रमितमध्ये १० प्रतिशत भन्दा कमलाई मधुमेह देखिएको छ । तैपनि यो चिन्ताजनक भएको उनी बताउँछन् । संख्या सानो देखिएपनि यो बढ्दै जान सक्ने चुनौती थपिएको छ। यतिबेला संसारभर कोभिड–१९ को संक्रमणपछि भएको मधुमेहलाई लिएर अध्ययन तथा अनुसन्धान चलिरहेको छ । पहिलाबाट नै मधुमेह, उच्च रक्तचाप भएकालाई त संक्रमित हुने खतरा छ नै । कोरोना संक्रमित भएपछि अत्याधिक तनाव, स्टेरोयडको प्रयोग आदिले शरीरमा सुगरको मात्रा बढ्ने चिकित्सकहरू बताउँछन् । के कोरोना संक्रमण भएपछि सुगरको मात्रा बढ्छ ? कोरोना संक्रमितको उपचार गर्ने डाक्टरहरूका अनुसार पछिल्लो एक वर्षमा बिरामीहरूले संक्रमणको दौरान मधुमेह सम्बन्धी गुनासो गरेका छन् । कोरोना संक्रमणबाट सुगरको मात्रा कसरी बढ्छ भन्नेबारे डा।वेंकटेश शिवाने भन्छन्, ‘कोरोना भाइरसले फोक्सोमा एसीई–२ रिसेप्टर्सलाई बाँधेर तेजसँग फैलाइदिन्छ । यो एसीई–२ रिसेप्टर्स पेन्क्रियाजको विटा कोषिकामा पनि हुन्छ । कोरोना भाइरसले बीटा कोषिकामाथि हमला गरेर त्यसलाई तोडिदिन्छ । यसले शरीरमा इन्सुलिन निकाल्न कम गर्छ । यो प्रक्रिया चलेपछि शरीरमा सुगरको मात्रा बढेर जान्छ ।’ पेन्क्रियाजबाट निक्लने इन्सुलिनले शरीरमा सुगरको मात्रालाई नियन्त्रणमा राख्छ । यसको कमी भएपछि बिरामीलाई इन्सुलिन या अन्य औषधि दिनुपर्छ । अर्का इन्डोक्राइनोलोजिस्ट डा श्वेता बुडयाल पनि कोरोना भाइरसबाट संक्रमित हुनेलाई मधुमेहको खतरा भएको बताउँछिन् । उनी भन्छिन्, ‘कोरोना भाइरसले सिधै पेन्क्रियाजमा इन्सुलिन उत्पादन गर्ने कोशिकामाथि असर गर्छ । प्रत्येक हप्ता हाम्रो अस्पतालमा एक या दुई व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएपछि मुधमेहको समस्या लिएर आइरहेका छन् ।’ यस्तो मधुमेहको समस्या जीवनभर रहन्छ ? डा.वेंकटेश शिवाने र उनको टोली कोरोना भाइरस भएपछि हुने मधुमेहबारे अध्ययन गरिरहेका छन् । अध्ययनमा भेटिएअनुसार केही संक्रमितको सुगरको मात्रा २ सय त केहीको २ सय ५० थियो । कतिपयको त ३०० देखि ४०० को बीचमा थियो । डा.शिवाने भन्छन्, ‘जो व्यक्तिमा डायबिटिजको आनुवांशिकता छैन र उसको सुगरको मात्रा सामान्य थियो । उनीहरूलाई पनि कोभिड पछि डायबिटिज देखिएको छ ।’ संक्रमित भएपछि देखिएको मधुमेहको समस्या जीवनभर रहने प्रश्नबारे डा.शिवानेले भने, ‘हामीले देखेअनुसार कोरोना संक्रमणको दौरान मुधमेह भएका बिरामीको सुगरको मात्रा केही दिनपछि सामान्य भएको छ । तर टाइप २ डायबिटिज संक्रमणमुक्त भइसकेको धेरै पछि देखियो । यो समयमा भएको डायबिटिज कति समयसम्म रहन्छ भन्नेबारे अझै अध्ययन हुन जरुरी छ ।’ के स्टेरोयडको प्रयोगले सुगरको मात्रा बढाउँछ ? कोरोना रोगको उपचारका लागि स्टेरोयडले मुख्य भूमिका निभाउँछ । तर यसको सेवनले शरीरमा सुगरको मात्रा पनि बढाउँछ । डा।राहुल बक्सी भन्छन्, ‘केही व्यक्तिहरूमा मधुमेह भए या नभएपनि स्टेरोयड लिएपछि उनीहरूको शरीरमा सुगरको मात्रा बढ्छ । बढेको सुगर नियन्त्रण गर्न डाक्टरले फेरि इन्सुलिन दिन्छन् ।’ उनी भन्छन्, ‘कतिपय सन्दर्भमा त स्टेरोयडको मात्रा घटाएपनि व्यक्तिमा सुगरको मात्रा घट्दैन । यसको एकमात्रै कारण शरीरमा आएको बदलाव हो । जसकारण सुगरको मात्रा कम हुँदैन । यस्ता व्यक्तिलाई डायबिटिजको औषधि चाहिन्छ ।’ संक्रमणमुक्त भइसकेपछि आफ्नो ख्याल राख्नु कत्तिको जरुरी ? कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनु राम्रो कुरा हो । तर योसँगै सचेत हुन पनि उत्तिकै महत्वपूर्ण छ । डा.शिवाने भन्छन्, ‘संक्रमणमुक्त भएँ भन्दैमा उत्सव मनाउन जरुरी छैन । यदि तपाईंलाई मधुमेह भएको छ भने ध्यान दिनुपर्ने धेरै पाटाहरू छन् ।’ यस्तो छ संक्रमणमुक्त भएकाहरूका लागि चिकित्सकको सुझाव : – कोरोना भाइरसबाट संक्रमित प्रत्येक व्यक्तिलाई डायबिटिजको जाँच गराउनुपर्ने हुन्छ,– विशेषगरि घरमै आइसोलेसनमा बस्नेहरूले त झनै सुगरको मात्रा जाँग गर्नुपर्ने हुन्छ,– कोरोनाबाट ठिक भएको १ सय ८० दिन भित्र सुगरको मात्रालाई नियन्त्रित राख्नुपर्छ,– सुगरको मात्रा ७० देखि १८० सम्म हुनुपर्छ,– एचबी१सी (तीन महिनाको औसत सुगर लेभल) सात भन्दा कम हुनुपर्छ, एजेन्सीको सहयोगमा