NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोनाविरुद्ध चिनियाँ खोप आजदेखि, उमेर समूह परिवर्तन

सरकारले आज मंगलबारबाट खोप अभियान सुरु गर्दैछ। चीन सरकारले १० लाख भेरोसेल खोप उपलध गराएपछि खोप उपलब्ध गराएपछि जेष्ठ नागरिकलाई खोप दिइन लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक गौतमले ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए। शुरुमा ६० देखि ६४ वर्ष उमेरका सबै नागरिकलाई खोप लगाउने भनिएको थियो । तर, अहिले उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्षका खोप दिइने भनिएको छ। नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ। हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ। काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा खोप अभियान सञ्चालन गर्दैछ।