NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नयाँ पार्टी गठनमा खनाल–नेपाल समूहका चार अगुवाले खुट्टा कमाएकै हुन् ?

‘अब नयाँ पार्टी गठन गरेर तल ‘ग्राउण्ड’ मा गएर संगठन गरेर संसदमा आउन सकिन्न भन्ने निश्कर्षमा पुगेर घनश्याम भुसाल चुनौतीपूर्ण नयाँ कदम चाल्न हिच्किचाएका हुन् । : विश्लेषक हरि रोका घटना केही दिन अघिको हो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बानेश्वरको अर्याल होटलमा योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुसाललाई निम्त्याएर लामै संवाद गरे । नेपालले उनीहरुसँगै सुरेन्द्र पाण्डेलाई पनि बोलाएका थिए । तर, बिरामी भएकाले पाण्डे त्यो संवादमा सहभागी हुन सकेनन । खासमा नेपालले उनीहरुसँग अब कसरी अघि बढ्न सकिन्छ ? नया“ पार्र्टी गठन कसरी गर्ने ? त्यसका सहजता, असहजताहरु के– के छन् ? जस्ता विषयमा छलफल गर्नकै निम्ति बोलाएका थिए । त्यस दिन उनीहरुबीच खुलेरै छलफल भयो । जानकारका अनुसार संवादमा भट्टराईले नयाँ पार्टी गठन गरेर अघि बढ्न कठिन हुने भएकाले केही ‘कम्परमाइज’ गरेर भए पनि ओलीसँगै एकता गरेर अघि बढ्नु पर्ने सुझाव त दिए नै, अर्को पार्टी बनाए म ‘न्युट्रल’ बस्छु भने । विष्टले अर्को पार्टी बनाउने वातावरण बनिसकेको छैन । त्यसैले केही समय धैर्य गरौं भनेका थिए । उनीहरु दुवैका कुरा सुनेपछि भुसालले नयाँ पार्टीमा तपाईँहरु कोही नजाने हो भने म पनि लेखन–पढन गरेर वाम वुद्धिजीवी भएर बस्छु भने । उनीहरुको कुरा सुनेपछि नेपालले ‘त्यसो भए ठिक छ, योगेशजी र गोकर्णजी एकतामा लाग्नुस्, एकता आजै भएपनि होला । १० वर्ष पछि पनि होला । एक वर्ष, दुई वर्ष, तीन वर्ष, चार वर्ष, पा“च वर्ष कति लाग्छ– एकता भएपछि नै भेटौला । घनश्यामजीले अध्ययन बढी गर्नु पर्‍यो । हामीलाई अहिले प्रशिक्षकहरुको एकदम खा“चो छ । पछिल्ला वर्षहरुमा प्रशिक्षण पनि भुत्ते भा, छ । माक्र्सवाद, कम्युनिष्ट, राजनीति, दलाल पुँजीवादलगायतमाथि तपाईले पढाई दिनु पर्छ । हामी प्रशिक्षक बनाएर बोलाउँछौं । म चाहिँ ओलीको ज्यादती सहन सक्तिन । कमिटी बनाएर हिड्छु । मलाई तपाईहरुकै पुस्ताका अरु र त्यसभन्दा तल्ला पुस्ताका युवाहरुले साथ दिन्छन’ भनेका थिए । यद्यपि हिजो २४ जेठमा भएको खनाल–नेपाल समुहको स्थायी कमिटी बैठकमा भट्टराई, विष्ट, भुसाल र सुरेन्द्र पाण्डे सहभागी भइरहेका छन् । खनाल–नेपाल समूहको हिजोको स्थायी कमिटी बैठकले अस्ति २३ जेठ राती पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ‘एकताको आव्हान’ गर्दै प्रकाशित गरेको विज्ञप्तिको जवाफ दिएको थियो । जुन जवाफ अनुसार तत्काल ओली पक्षसँग उनीहरुको मिलन असम्भव देखिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली २ जेठ ०७५ मा फर्कन तयार भए केही ‘कम्प्रमाइज’ गरेर भए पनि मिल्नु पर्छ भन्नेमा खनाल–नेपाल समूहका चार अगुवा नेताहरु भट्टराई पाण्डे, विष्ट र भुसाल लागि रहेका छन् । जसमध्ये यसरी खट्नेमा सबैभन्दा अघि भट्टराई, त्यसपछि पाण्डे, पाण्डेपछि विष्ट र सबैभन्दा पुछारमा भुसाल छन् । तर, खनाल–नेपाल समूहमै आवद्ध अर्काथरीको जिकिर के छ भने अब एकोहोरो २ जेठ ०७५ को रटान लिएर मात्र हुँदैन । ४–५ चैत्र ०७७ मा आफूहरु निकट एमालेको राष्ट्रिय कार्यकर्ता भेलापछि संगठन पुर्नगठनको अभियान अघि बढाएकाले नयाँ बनाइएका कमिटीहरुको एकतामाथि समेत छलफल गर्नु पर्छ । अब बनाइ सकेका कमिटीका विषयमा छलफल नगरी अघि बढ्नु हुन्न भन्ने मत नेपाल समूहकै पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, विजय पौडेल, जगन्नाथ खतिवडा र केन्द्रीय सदस्य राजेन्द्र राईलगायतको छ । ज्वाला, पौडेल, खतिवडा र राईले त अस्ति १९ जेठमै बक्तव्य प्रकाशित गरेर आफ्ना अडान राखिसकेका छन् । ४–५ चैत्र ०७७ को राष्ट्रिय कार्यकर्ता भेलापछि खनाल–नेपाल समूहले पार्टी, विद्यार्थी संगठन, महिला, मुक्ति समाज, युवा संघ नेपाल, जनसाँस्कृतिक महासंघलगायतका कमिटीहरु तल–तलसम्म गठन गरेको छ । उदाहरणका लागि खनाल–नेपाल समूह निकट युवा संघले मात्र ४८ वटा जिल्लामा भेला गरेर नयाँ कमिटी गठन गरेको छ भने अन्य जिल्लामा पुरानै कमिटीलाई थपघट गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यी चारै जना नेताहरुलाई शीतल निवासमा एक्ला एक्लै बोलाएर लामो संवाद गर्दै आगामी दिनमा अन्याय नहुने, एमालेको नेतृत्व छिट्टै तपाईहरुकै हातमा आईपुग्ने भनेर बचन दिएपछि उनीहरु ओलीमा विलय हुन लचक भएका खनाल–नेपाल समूहका एक जना नेता बताउ“छन् । उनी भन्छन्, ‘तर, वरिष्ठ नेताद्धय नेपाल–खनाल कुन मानसिकतामा पुगिसकेका छन् भने उनीहरु चारै जना आएनन भने पनि अर्को पार्टी बन्छ । यद्यपि, सर्वोच्च अदालतको फैसला नआउन्जेल अर्को पार्टी घोषणा हु“दैन ।’ त्यसबेलासम्ममा ओलीले अस्ति २३ जेठको बक्तव्यभन्दा पछि हटेर लचकता अपनाए फरक पार्टी घोषणा नहुने ति नेता बताउँछन् । जानकारका अनुसार ओलीले बेठिक कदम चालिरहेका छन् । त्यहाँ गएर पनि आफूहरुलाई सम्मानित स्थान दिँदैनन् । विदेशी इसारामा नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाइरहेका छन् भन्नेमा उपमहासचिव भुसाल प्रष्ट छन् । त्यसैले नै उनी पनि पार्टी एकलौटी ओलीलाई छाड्नु हुन्न, त्यही बसेर अन्तरसंघर्ष गर्दै उनलाई गलाउनु पर्छ भन्ने मान्यतामा फरक पार्टी गठन गर्न अनिच्छुक बनेका हुन् । त्यसैका लागि दुवै समूह सम्मिलित कार्यदलबीच संवाद भइरहेको छ । खनाल–नेपाल निकट युवा संघका अध्यक्ष नरेश शाही भुसाललगायत नेता ओली समूहमा जान्छन् भन्नेमा विस्वस्त छैनन् । उनी फरक पार्टी गठन भए भुसालहरु अर्कोतिर जाने संभावना कम देख्छन् । भन्छन्, ‘नेपाल–खनालले अर्को पार्टी घोषणा गर्नु भयो भने उहाँहरु उत्ता (ओली समूह) जानुहोला भन्ने लाग्दैन ।’ घनश्याममाथि चारैतिरबाट घन प्रहार एमालेका उपमहासचिव घनश्याम भुसालमाथि यसबेला चारैतिरबाट घन प्रहार भइहेको छ । फरक पार्टी गठन गर्न हिच्किचाएका भन्दै उनीमाथि शब्दवाणहरु प्रहार भइरहेका छन् । कुनै समय भुसालसँग मिल्ती कस्ने खगेन्द्र संग्रौलादेखि हरि रोक्का हुँदै महेश मास्केसम्मले भुसालको उछितो काढिरहेका छन् । कतिसम्म भने उनीमाथि सामाजीक सञ्जालमा ‘एमालेको दोस्रो पुस्ता दास भयो’ भन्नेसम्मको घोचपेच भइरहेको छ । आफ्नै समूहदेखि ओली पक्षका साइबर सेनाले समेत भुसालमाथि आक्रमण गरिरहेका छन् । नेकपा एमालेभित्र सैद्धान्तिक नेतामा पर्छन भुसाल । उनलाई यतिको परिपक्क बन्न आफ्ना दाजु ऋषीराम भुसालले उत्प्रेरणाको काम गरेका बताउँछन् जानकारहरु । पार्टी स्वतन्त्रता, सैद्धान्तिक बहस आदिलाई पक्रेर हिड्दा भुसालको राजनीति निरन्तर लाभ प्राप्त गरिरहेका शंकर पोखरेलहरुको तुलनामा अलि बढी नै उतारचढावपूर्ण देखिन्छ । जब कि क्षमता, योगदान आदिसँग दाँज्ने हो भुसाल निकै अघि छन् । असोज ०५९ मा नेपालको अर्थ–राजनीति: संकटको पुनरुत्पादन र रुपान्तरणको दिशा र साउन ०६४ मा आजको माक्र्सवाद र नेपाली क्रान्ति शिर्षकमा दुई वटा पुस्तक लेखेका छन्, भुसालले । भुसाल निकट सदस्यहरु यस अघि नै ओली क्याम्पमा पुगिसकेका छन् । जस्तो कि सांसद ध्रुवबहादुर शाही, कृष्णचन्द्र पोखरेल, हिरा केसी, राजबहादुर बुढालगायत पक्ति वरिष्ठ नेता नेपालसँगभन्दा भुसालसँग नजिक थिए । उनीहरु यस अघि नै ओली समूहमा भित्रिसकेका छन् । भुसाल निकट भनेर चिनिएका अछामका कमल तिमिल्सिनालगायत पनि त्यहाँ भीम रावलको पीडा सहन नसकेर ओली समूहमा पुगेका छन् । प्रदेश नं. १ मा पनि भीम आचार्यको उत्पीडनमा परेर भुसाल निकट धेरै पात्र ओली क्याम्पमा छिरेका छन् । अहिले पनि भुसाल निकट भनेर चिनिएका योगेश भट्टराई, ठाकुर गैरलगायत लचिलो एकताकै पक्षमा छन् । त्यसैले आफू निकटहरु सबै ओली समूहमा पुगिसकेकाले एक्लै पार्टी निमार्णमा जुटन नसक्ने निश्कर्षमा भुसाल पुगेका उनी निकटहरु बताउँछन् । खासमा ओली पक्षले चाहेको पनि यही हो । २६ भदौ २०१८ मा स्याङ्जाको पिडीखोलामा जन्मिएका हुन्, भुसाल । उनी बाल्यकालमा छ“दै सपरिवार रुपन्देहीको मणिग्राममा बसाईँ सरेका थिए । कात्तिक ०५१ मा भएको निर्वाचनमा भुसाल रुपन्देही क्षेत्र नं. १ मा नेपाली कांग्रेसका दुर्योधनसिंहसँग पराजित भएका थिए । निर्वाचनको केही समयपछि रुपन्देहीकै क्षेत्र नंं २ बाट बिजयी एमाले सांसद धनपती उपाध्यायको निधन भयो । अनि यस क्षेत्रको उपनिर्वाचनमा भुसाल विजयी भएर प्रतिनिधि सभामा छिरेका थिए । भुसालसँग लामो संगत गरेका संविधान सभाका सदस्य एवं विश्लेषक हरि रोकाका भनाइमा अब नयाँ पार्टी गठन गरेर तल ‘ग्राउण्ड’ मा गएर संगठन गरेर संसदमा आउन सकिन्न भन्ने निश्कर्षमा पुगेर घनश्याम भुसाल चुनौतीपूर्ण नयाँ कदम चाल्न हिच्किचाएका हुन् । ‘अब बुढो पनि भइयो । नयाँ पार्टी गठन गररे संगठन बनाउन पैसा पनि छैन भनेर भुसालजीलगायतले खुट्टा कमाएका हुन् । उनले खुट्टा कमाएकैले उनीमाथि प्रहार भएको हो’, रोका भन्छन्, ‘५ मंसिर ०७६ मा ओली सरकारमा मन्त्री खान गएर भुसालले आत्मसर्मपण गरिसकेका थिए । त्यसबेला उनी मन्त्री खान नगएका हुन्थे भने अहिले ओलीका विकल्पमा प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको जानै पर्ने थिएन । त्यसैले भुसाल पनि तत्कालको लाभ र लोभमा पल्किसकेका छन् । यसैको परिणाम खुटा टेक्न कमाएका हुन् ।’ माघ ०६७ मा एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा गठन भएको सरकारमा भुसाल विनाविभागीय मन्त्री भएका थिए । ०७० को निर्वाचनमा भने उनी नेपाली कांग्रेसका बालकृष्ण खाँडसँग १८ मतअन्तरले पराजित भए । २१ मंसिर ०७४ मा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित भएका थिए । उनी ५ मंसिर ०७६ देखि ५ पुस ०७७ सम्म ठिक १३ महिना कृषि मन्त्री बने । ०३८/०३९ सालदेखि नै भुसालसँग संगत गरेका वरिष्ठ पत्रकार तीर्थ कोइरालाका भनाइमा उनी उर्जावान र इमान्दार नेता हुन् । भुसाल एकदमै सैद्धान्तिक पनि छन् । पार्टीले उनीबाट सैद्धान्तिक खुराक लिनु परेमा अग्रपक्तिका नेतामा पर्छन । भुसालमा सार्वजनिक नेतामा हुनु पर्ने गुण पनि छ । सार्वजनिक भाषणबाटै पनि मान्छेहरुलाई आफूतिर तान्न सक्छन् । तर, भुसालको दुभाग्र्य के भने राजनीति सुरु गरेदेखि उनी कहिल्यै बहुमतमा भएनन् । जो अल्पमतमा छन्, सधैं उतै लाग्छन् । फागुन ०६५ पछि झलनाथ खनाल पार्टी अध्यक्ष भएका बेला एकपटक भुसाल बहुमततिर थिए । तर, पनि त्यति बलियो हुन सकेनन । ‘मैले बुझेसम्म भुसासले एमाले पार्टी मिल्नै नदिउँ पक्कै भन्नु भएको छैन होला । उहाँ अलि बढी सैद्धान्तिक भएकाले अलि सम्मानजनक ढंगले जाउँ भनेको हुन सक्छ । भुसाल लाक्षी पनि होइन, कायर पनि होइन, उर्जावान हो । पर्दा जोखिम मोल्न सक्ने सबैथोक हो’, वरिष्ठ पत्रकार कोइराला उनको मूल्यांकन गर्छन्, ‘उहाँ बेला–बेलामा आफैं ब्याख्याता हुन खोज्ने र अलिकति मनोगत ढंगले चल्ने भएकाले दुवैतिरका साथीहरुले आत्मासात् गर्न नसकेको अवस्था छ । त्यसमा उहाँले रिभ्यु गर्नु भयो भने ठूलै नेता बन्ने हैसियत राख्नु हुन्छ ।’