NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोभिडकालमा जर्मनीमा १२ सय नयाँ शब्दको निर्माण

कोरोना संक्रमणकै क्रममा विश्वभर नै कहिल्यै नसुनिएका शब्दहरु सुनिए। नेपालमै पनि आइसोलेसनदेखि क्वारेन्टाइन, पिसिआर जस्ता शब्दावलीहरुले सर्वसाधारणको कानसम्मको यात्रा तय गर्यो । यसैबीच जर्मनीमा भने १२ सयवटा नयाँ शब्द जन्मिएका छन् । कोरोना कालभरमा जर्मनीमा कोभिड केन्द्रित भएर त्यहाँको भाषामा १२ सय नयाँ शब्दहरु थपिएका छन् । ‘दोस्रो विश्वयुद्धपछि यस्तो किसिमले हाम्रो भाषामा परिर्वतन नै भएको थिएन्,’ बर्लिनस्थित खुल्ला विश्वविद्यालयमा भाषा विज्ञानका प्राध्यापक रहेका एन्टोल स्टेफानोविट्स्चले भनेका छन्, ‘यो महामारीमा निकै छिटो शब्दहरु फेरिउका छन् । मैले विभिन्न संस्कृति र संस्कारले हाम्रो भाषामा भएको परिवर्तन देखेको छु । तर, केही महिनामै भएको यो परिवर्तन अच्चम लाग्दो छ ।’ कोरोना कालमा बनेका यी शब्दहरुलाई जर्मन भाषाको लेइब्जि इन्स्टिच्युटले संकलन गरेको छ । संकलनकर्तामध्येका एक डा. किस्टिन मर्स भन्छन्, ‘जब कुनै नयाँ घट्ना घट्छ, हामी त्यसका लागि नामको खोजी गर्न थाल्छौं । कुनै पनि कुराको नाम मानिसलाई तर्साउने र डर देखाउने हुनुहुँदैन् । हामीलाई त्यस्ता नाम दिनुपर्छ जसको मद्दतले हामी एकअर्कासँग संवाद गर्न सकौं । झन् यो महामारीको समयमा यसको महत्व अत्यधिक छ ।’ उनका अनुसार नयाँ बनेका शब्दहरुले कोरोनागस्ट (भाइरसले उत्पन्न गराउने चिन्ता)लाई घटाउनमा मद्दत गर्नेछन् ।