NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज बुधबारदेखि सुनुवाइ हुने भएको छ। संवैधानिक इजलासमा लगातार दुई दिनसम्म स्थगित भएको सुनुवाइ सुरु हुन लागेको हो। सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वाेच्चमा ३० वटा रिट दायर भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहेका छन्। प्रतिनिधिसभा विघटन खारेज र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले रिट दायर गरेको थियो।