NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

के खोप लगाएपछि पनि संक्रमण हुन्छ?

काठमाडौं । हाल विश्वभरमै कोरोना विरुद्धको खोप अभियान सञ्चालनमा छ । नेपालमा पनि हालसम्म ६ लाख ९१ हजार ४ सयभन्दा धेरैमा कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाइएको छ भने २१ लाख १३ हजारभन्दा धेरैमा पहिलो डोज खोप लगाइएको छ । कोरोनाविरुद्धकको खोप लगाएका प्रायः मा रहेको जिज्ञाशा भने खोप लगाएपछि फेरि कोरोना संक्रमण हुन्छ वा हुँदैन भन्ने रहेको देखिन्छ । धेरै जसो विज्ञहरुले कोरोनाविरुद्ध बनेका सबै जसो खोपहरु सुरक्षित रहेको र संक्रमणसँग लड्नमा मद्दत गर्ने बताएका छन् । तर, खोप लगाएपछि फेरि संक्रमण हुन्छ वा हुँदैन भन्ने बारेमा भने सर्वसाधारणमा प्रश्न उब्जिएको छ । हालसम्म कोरोना विरुद्धको कुनै पनि उपलब्ध खोपले संक्रमणलाई पूर्ण रुपमा रोक्छ भन्ने प्रमाणित भएको छैन् । बेलायतमा ४० हजार मानिसमा भएको अध्ययनमा फाइजर–बायोटेकको पहिलो डोज खोप लगाउँदा ७० प्रतिशतम्म संक्रमणको खतरा कम भएको देखिएको थियो भने दोस्रो डोज लगाएपछि ८५ प्रतिशतसम्म संक्रमणको खतरा कम भएको देखिएको थियो । नेपालको छिमेकी मुलुक भारतमा प्रयोग भइरहेको कोभिसिल्ड खोपको अन्तराष्ट्रिय क्लिनिकल ट्रायलका अनुसार यसको प्रधावकारिता ९० प्रतिशतसम्म देखिएको थियो । अर्थात कोभिसिल्डको प्रयोग गरेका मानिसमा संक्रमण हुने जोखिम ९० प्रतिशत कम हुने पाइएको थियो । त्यस्तै, अर्को खोप कोभ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायलमा यसको प्रभावकारिता ८१ प्रतिशत देखिएको थियो । खोप लगाएकाहरुमा यसले ८१ प्रतिशतसम्म संक्रमण हुनबाट जोगाउने देखिएको थियो । रसियामा बनेको स्पुतनिक भि खोपको प्रभावकारिता ९२ प्रतिशत रहेको बताइएको छ । नेपालमा पनि यो खोप ल्याउने चर्चा चलिरहेको छ । स्पुतनिकको प्रभावकारिता अनुसार यो खोप लगाएको मानिसलाई ९२ प्रतिशतसम्म संक्रमणबाट जोगाउने देखिएको छ । हाल विश्वमा भएका खोपहरुमध्ये कुनै पनि खोप शत प्रतिशत प्रभावकारि छैनन् । जसकारण खोप लगाएपछि संक्रमण नहुने भन्न सकिदैंन् । खोपले शरिरलाई कुनै पनि किसिमको रोग, भायरस वा संक्रमणसँग लड्न तयार गर्ने हो । यसमा कुनै पनि जीवको कुनै कमजोर वा निष्क्रिय अंश हुन्छ । यसलाई शरिरमा प्रवेश गराएपछि शरिरको इम्युन सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) ले उक्त अंश विरुद्ध लड्न एन्टिबडीको उत्पादन गर्न थाल्छ । खोप लगाएपछि केही समयसम्म ज्वरो आउनु, हड्डी दुख्नुको कारण शरिरमा भाइरसलाई नै हालिएको तर त्यो निष्क्रिय किसिमको भएकाले त्यसको साइड इफेक्ट देखिएको हो । शरिरले खोप मार्फत छिरेको कमजोर भाइरस वा अंशविरुद्ध लड्न एन्टिबडि बिकास गर्छ । यो क्रममा ज्वरो आउनु वा अन्य समस्या देखिनु सामान्य असरमा पर्छन् । खोप लगाएको केही समयमा नै शरिरमा उक्त बिरामी वा संक्रमणसँग लड्न इम्युनिटी अर्थात प्रतिरोधात्मक क्षमताको विकास भएको हुन्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सीडीसी)का अनुसार भ्याक्सिनको प्रयोग अन्य औषधीको भन्दा निकै प्रभावकारी हुन्छ किनकी यसले कुनै रोगलाई निको पार्नेभन्दा त्यो रोग नै हुनबाट बचाउँछ । हालसम्म विश्वमा निर्माण भएका खोपहरुको प्रभावकारिता शतप्रतिशत नहुँदा खोप लगाएकामध्ये केहीमा संक्रमण देखिनु सामान्य रुपमा लिनुपर्ने बताइएको छ । चिकित्सकहरुका अनुसार खोपले संक्रमणबाट शत प्रतिशत नबचाउने भएकाले खोप लगाएपछि पनि सामाजिक दुरी कायम गर्नेदेखि स्वास्थ्यका मापदण्डहरु पालना गरेर दिनचर्या सञ्चालन गर्न आवश्यक छ । कति सुरक्षित छ खोप?कोरोना विरुद्धको खोप लगाएपछि धेरै मानिसमा सामान्य ज्वरो आउनेदेखि टाउको दुख्ने र केही मानिसमा शरिरका हड्डीहरु दुख्ने समस्या देखिएको थियो । केही समयअघि अक्सफोर्डको एस्ट्राजेनेका खोप लगाएका मानिसहरुको मस्तिष्कमा असामान्य रुपमा ब्लड क्लटहरु पाइएको थियो । भ्याक्सिन लगाएपछ केही मानिसकमा ‘सेरिब्रल वीनस साइनस थ्राँम्बोसिसि (सीवीएसटी)’ देखिएको थियो अर्थात मस्तिष्कको बाहिरी सतहमा रगतका क्लटहरु देखिएका थिए । चिकित्सकहरुका अनुसार कुनै पनि भ्याक्सिनको प्रभावकारिता ५० प्रतिशतसम्म भएमा त्यसलाई सफल भ्याक्सिनको श्रेणीमा राखिन्छ । कोरोना होस वा अन्य कुनै रोग विरुद्धको खोप लगाएका व्यक्तिहरुले आफ्नो स्वास्थ्यलाई सुक्ष्म रुपले निगरानी गर्नुपर्ने र केही परिवर्तन आएमा चिकित्सकसँग सल्लाह दिनुपर्ने बताएका छन् । बिबिसीबाट

ताजा अपडेट

नेपालवाच विशेष