NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

न्युजिल्याण्डका कप्तान केनले बेलायतसँगको दोस्रो टेस्ट म्याच नखेल्ने

न्युजिल्याण्डको राष्ट्रिय क्रिकेट टिमका कप्तान केन विल्यमसनले बेलायतसँगको टेस्टको दोस्रो खेल नखेल्ने भएका छन् । देब्रे हातमा लागेको चोटका कारण बिहीबार हुन लागेको टेस्टको दोस्रो खेल उनले नखेल्ने भएका हुन् । टिमका प्रमुख प्रशिक्षकमध्येका एक गेरी स्टेडले बुधबार केन घाइते भएका कारण उनको ठाउँमा टोम लेथमले टिमलाई प्रतिनिधित्व गर्ने बताए । केन गत मार्चदेखि नै आफ्नो चोटको उपचारमा छन् । यसैबीच जुनमै भारतसँग रहेको विश्व टेस्ट च्याम्पियनको खेलअघि उनलाई स्वस्थ्य हुने समय दिन यसपटक बेलायतसँगको खेलको कप्तानीबाट उनलाई बाहिर राखिएको हो । ‘टेस्ट खेलमा केन बिना खेल्नु हाम्रो लागि सहज निर्णय होइन्, तर अहिलेको लागि यो निर्णय नै सहि हो जस्तो लाग्छ,’ स्टेडले भनेका छन्, ‘ब्याटिङ गर्दा उनको हातमा निरन्तर जलन महसुस भएपछि हाल खोप लगाइएको छ । कही समय आराम गर्ने र चाडोचन्दा चाडो उनलाई ठिक हुन दिन यस्तो निर्णय गरिएको हो ।’ बिहीबार बेलायतसँगको खेलमा केनको सट्टा विल योङ्गले ब्याटिङको लाइनअप सम्हाल्ने स्टेडले बताए । बेलायतसँगको पहिलो टेस्ट खेलमा न्युजिल्याण्डले बराबरी खेलेको थियो । बिहीबार खेल बेलायतको बिरमिनगमस्थित एजबास्टन स्टेडियममा हुँदैछ ।