यूएईमा भिजिट भिसामा काम गरे देश निकाला हुन सक्ने

काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई)ले भिजिट भिसामा रहेका विदेशी कामदारहरूले ‘वर्क पर्मिट’ नलिई काम गरेको पाइएमा त्यस्ता कामदारलाइ देश निकालासमेत गर्न सकिने बताएको छ । दुवई प्रहरीले भनेको छ, ‘भिजिट भिसामा यूएइ आइ सम्बन्धित निकायको स्वीकृति ‘वर्क पर्मिट’ नलिई काम गरेमा त्यस्ता विदेशी नागरिकलाई तीन महिनाको जेल सजाय र दश हजार दिराम (करिव तीन लाख नेरू) जरिवाना गरिनेछ ।’ माथि उल्लेतिखमध्ये दुवै वा कुनै एक सजायको साथमा त्यस्ता विदेशी कामदारलाई देश निकाला (डिपोर्ट) पनि गरिने दुवई प्रहरीले जनाएको छ ।
प्रतिक्रिया