केएमसी र नोबेलका सञ्चालक शर्मालाई विद्यार्थी नेताले सिंहदरबारभित्रै कालोमोसो दले

काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कजेलका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । चर्को शुल्क बृद्धिको विरोध सम्बन्धी विवाद समाधानका लागि विद्यार्थी र मन्त्रीसँग स्वास्थ्य मन्त्रालयमा भएको वार्ता सक्याएर निस्किने क्रममा शर्मालाई कालोमोसो दलिएको हो । मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले पहिले नमस्कार भनेको र उक्त नमस्कार फर्काउन नपाउँदै शर्मामाथि कालोमोसो दलिएको हो । शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एसनिकटको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेको बताएका छन् । अतिरिक्त शुल्कको विरोधमा एक महिनादेखि विद्यार्थी आन्दोलनमा छन् । कलेज प्रशासनले भने अतिरिक्त शुल्क नलिनेबारे कुनै निर्णय दिएको छैन । अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई परीक्षाबाटै वञ्चित गरिएको थियो ।
प्रतिक्रिया