एनआरएनए विवाद मिलाउन शेष घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं । लामो समय देखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयन विवादमा छ । उक्त विवाद हल गर्नको लागि एनआरएनएले शेष घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । हिजो शनिवार संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले आसन्न निर्वाचनका सम्बन्धमा उक्त निर्णय गरेको हो । उक्त समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार रहेका छन् । उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरी संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्ने छ ।
प्रतिक्रिया