च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण भएपछि पुलिससँगकाे खेल स्थगित

काठमाडौं । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्र्तगत आज हुने तय भएको च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ । आफ्ना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि च्यासलले आजको खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेको हो । एन्फाका अनुसार मेडिकल कमिटीको सल्लाहमा एन्फा लिग कमिटीले आजको खेल स्थिगित गर्ने निर्णय गरेको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ ।
प्रतिक्रिया