NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

संसदीय समितिमा मन्त्री आलेको अनुहार : सतही, मिडिया स्टन्ट रुचाउने 

काठमाडौँ । संस्कृति, नागरिक तथा पर्यटन मन्त्री प्रेम आले चर्चामा छन् । उनको झोक्की कार्यशैलीलाई मानिसहरुले रुचाएको देखिन्छ । अहिले दैनिक पत्रिका, टेलिभिजन, अनलाइन लगायतका प्रमुख सञ्चारमाध्यमको हेडलाइन आलेको वरिपरि घुम्न थालेका छन् । सामाजिक सञ्जालमा पनि आलेको कार्यशैलीलाई रुचाएको देखिन्छ ।  तर यसअघि उनीसँग काम गरेकाहरुको बुझाईमा आले फरक पात्र हुन् । नेपालमा कुनै नेताप्रति चाँडै भरोसा गर्ने र त्यो अनुसारको व्यवहार नपाउँदा चाँडै निराश हुने आम स्वभाव छ । तसर्थ नेपालवाच डट कमले मन्त्री आलेको कार्यशैली कति परिपक्व हो भनेर बुझ्ने प्रयासमा केही सामाग्रीहरु तयार पारेको छ ।  संसदमा सँगै काम गरेका एक उच्चपदस्थ सरकारी अधिकारीले प्रेम आलेलाई ‘विषयगत ज्ञान नभएको चलाख कार्यकर्ता’ भनेर टिप्पणी गरेका छन् । आले मन्त्री हुन् । व्यवस्थापिका संसदको सदस्य हुन् । तसर्थ उनी कार्यकर्ता मात्र पक्कै होइनन् । तर आलेमाथि संसद सचिवालयका कर्मचारीहरुले उनको विषयगत ज्ञान, स्वभाव र कार्यशैलीका आधारमा उनी कार्यकर्तास्तरभन्दा माथि नभएको टिप्पणी गरेका हुन् ।  ‘मिडियामा नाम आउने कुरामा उनी निकै भोका छन् । त्यही कारण लेखा समितिको छलफलमा पनि मिडियाको उपस्थिती छ भने उनी आक्रामक रुपमा प्रस्तुत हुन्थे । मिडिया नभएको बैठकमा उनको शैली अर्कै हुन्थ्यो ।’ यो आलेसँगै लेखासमितिमा रहेका एक सांसदको टिप्पणी हो ।  विषयगत ज्ञान नभएको र मिडिया स्टण्टका लागि मात्र बोल्ने हुँदा समितिमा उनको प्रस्तुती र उठाएका विषयहरुलाई खासै गम्भिर रुपमा लिन नगरेको सचिवालयका एक कर्मचारीले बताए ।  थप टिप्पणी गर्दै ती कर्मचारीले भने, ‘उहाँ सांसद हो, तर उहाँले उठाउने विषयलाई हामीले खासै महत्व दिएर हेर्ने गरेका थिएनौँ ।’  आलेसँग विषयगत ज्ञान नभएपनि ‘आफूलाई थाहा छैन’ भनेर स्वीकार गर्ने वा ज्ञान भएका विज्ञ वा सम्बन्धित अधिकारीलाई जिम्मा दिने उनको स्वभाव छैन ।  यसअघि मन्त्री आले लेखा समितिबाट भएको वाइडवडी भ्रष्टाचार छानविन समितिको सदस्य थिए । छानविन जस्तो संवेदनशील कार्यमा पनि उनको कार्यशैली फितलो रहेको छानविन समितिमा सँगै काम गरेका अर्का सांसदको टिप्पणी छ ।   

ताजा अपडेट

नेपालवाच विशेष