कोरोना लागेपछि रवीन्द्र मिश्रले भने, ‘बाहिर हेर्दा उस्तै, भित्र-भित्रै भाइरस’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको पुष्टि गरेका हुन् । ‘बाहिर हेर्दा उस्तै, भित्र-भित्रै कोरोना भाइरस’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ‘म पनि कोरोना पोजेटिभ देखिएको छु । गत केही दिन मेरोे सम्पर्कमा आउनुभएका साथी र शुभेच्छुकलाई साबधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु ।’ अध्यक्ष मिश्रले आफू्र अस्पतालमा परीक्षणपछि घर आएर अहिले सुरक्षितरूपमा बसिरहेको जानकारी दिँदै भनेका छन्, ‘अहिले सबै ठीकै छ ।’ उनी केही दिनअघि सुदूरपूर्वको राजनीतिक भ्रमणमा थिए । त्यहाँबाट फर्किएपश्चात् उनलाई कोरोना संक्रमण भएको हो । बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस! म पनि Corona Positive देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी/शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ। pic.twitter.com/fJzXPh6Q8x — Rabindra Mishra (@RabindraMishra) January 16, 2022
प्रतिक्रिया