पर्यटन बोर्डका सिइओ रेग्मी सुन तस्करीमा मुछिए

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी सुन प्रकरणमा मुछिएका छन् । उनी सुन प्रकरणमा मुछिएको विवरण त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई पठाएको विषय सार्वजनिक भएको हो । सो डकुमेन्ट मन्त्री आले स्वयम्ले नै आज मिडियामार्फत सार्वजनिक गरेका हुन् । भन्सार कार्यालयले उपलब्ध गराएको पत्रअनुसार रेग्मीले ७ पुस ०७४ मा कतार एयरवेजको उडान नम्बर क्युआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए । जहाँ ३० ग्राम सुन भएको बताइएको छ । उक्त सुन अवैध भएको र रेग्मी सुन चोरी–पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो । ‘कसुर अपराध गरी सुन चोरी–पैठारी गरी ल्याएको ठहरी भन्सार ऐन २०६४ को दफा ५७ (१) बमोजिम सुन जफत भई सोही ऐनको दफा ५७ को उपदफा (१क) अनुसार उक्त सुनको जरिवाना १ लाख ४० हजार ६५८ रहेको उक्त पत्रमा उल्लेख छ’, पत्रमा उल्लेख छ ।
प्रतिक्रिया