NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रहरीले बाँड्यो १४ लाख ७९ हजार ५६५

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई मास्क वितरण गरेको छ ।  कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु ‘तपाईंको मास्क खोई ?’ अभियानअन्तर्गत प्रहरीले पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई मास्क वितरण गरेको हो । कोरोनाबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त कार्यान्वयनका लागि ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको थियो । गत वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क मास्क वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समचार कक्षले जनाएको छ । माक्स वितरण अभियानबाहेक प्रहरीले देशभर सञ्चालन गरेको माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ६५ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा  १३ हजार २९ लाई सचेत गराएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष