NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

रोल्पाको अर्को स्थानीय तहमा पनि माओवादी हार्यो, एमालेका मगर बने अध्यक्ष

काठमाडौं । जनयुद्धको उद्गम रोल्पाको अर्को स्थानीय तहमा पनि माओवादीले पराजय बेहोरेको छ । त्यहाँको त्रिवेणी गाउँपालिकामा माओवादी उम्मेदवार पराजित गर्दै एमाले विजयी भएको हो ।

अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा लेखमणि डाँगी निर्वाचित भएका छन्। बाठा मगर ५०८५ मतले विजयी बनेका हुन् ।

माओवादी केन्द्रका रेशम पुनले ४४६३ मतमा रोकिए ।

उपाध्यक्षमा भने कांग्रेसका लेखमणि डाँगी ४५७६ मतका साथ विजयी भएका छन् । माओवादीकी उपाध्यक्ष उम्मेदवार भागीसरा बन्दीपुरे खड्काले ३८६५ पाइन् ।

यहाँ एमाले र नेपाली कांग्रेस माओवादीविरुद्ध चुनावी मैदानमा उत्रिएका थिए ।

रोल्पाको स्थानीय तहमा यसपटक माओवादीको यो दोस्रो हार । यसअघि गंगादेव गाउँपालिका पनि माओवादीले गुमाएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष