NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

१ वर्षमा ४१ अर्ब ६ करोडको पाम तेल निर्यात, यस्तो छ ५ वर्षको तथ्यांक

काठमाडौं । नेपालको निर्यातलाई बढाउन पाम तेलले ठूलो भूमिका निर्वाह गरिरहेको छ । नेपालमा कुल निर्यातमा दोस्रो ठूलो हिस्सा पाम तेलले ओगटेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल ४१ अर्ब ६ करोड ४७ लाख २९ हजार रुपैयाँको १९ करोड ८७ लाख ८ हजार २६ लिटरको पाम तेल निर्यात गरेको छ । आव २०७८/७९ मा कुल २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । जसमा पाम तेलको हिस्सा कुल निर्यातको २० प्रतिशत रहेको छ ।

नेपालले छिमेकी मुलुक भारतमा पाम तेल निर्यात गर्दै आएको छ । भारतमा निर्यात गर्ने पाम तेल भने नेपालमै उत्पादन भएका हैनन् । नेपालमा पाम तेल उत्पादन हुँदैन । नेपालले इन्डोनोसिया, थाइल्याण्ड मलेसिया, फिलिपिन्सलगायतका देशबाट कच्चा पाम तेल आयात गरेर प्रशोधन गरी नेपालले भारत निर्यात गर्ने गर्छ ।

विभागको तथ्यांकअनुसार एक वर्षमा नेपालमा ४१ अर्ब २१ करोड ३९ लाख ३५ हजार रुपैयाँको पाम तेल निर्यात गरेको छ । जसमा कच्चा पाम तेल मात्रै ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपैयाँको २७ करोड ६६ लाख २२ हजार १४४ लिटर आयात भएको छ । तथ्यांकअनुसार एक वर्षमा कच्चाबाहेक एक अर्ब ३८ करोड ६ लाख ३७ हजार रुपैयाँको पाम तेल निर्यात भएको छ ।

नेपालले कुन वर्ष कति पाम तेल निर्यात गरे ? हेरौ तथ्यांक

आर्थिक वर्ष ७४/७५ मा

आर्थिक वर्ष २०७४–७५ मा पाम आयल निर्यात भएको तथ्यांकमा देखिँदैन । उक्त वर्षमा नेपालमा ५ अर्ब ३४ करोडको कच्चापदार्थ भने आयात भएको विभागको तथ्यांक छ । उक्त आर्थिक वर्षमा भारतले पाम तेलमा लगाएको प्रतिबन्धको कारण निर्यात नभएको हो । त्यतिबेला भारतले आन्तरिक कारण देखाउँदै पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला भारतले नेपालसँग मात्रै नभएर अन्य देशसँग पनि प्रतिबन्ध लगाएको थियो ।

आव ७५/७६ मा

तथ्यांकअनुसार आव ७५/७६ मा नेपालमा १० अर्ब ३३ करोडको ३० लाख ५३ हजार रुपैयाँको ९ करोड ५६ लाख ६४ हजार ६७९ केजी पाम तेल भारतमा निर्यात गरिएको छ ।

जसमा १० अर्ब ३३ करोड ३० लाख ५३ हजारको कच्चाबाहेकका पाम तेल निर्यात भएको छ ।

७६/७७ मा

आर्थिक वर्ष ७६/७७ मा आव ७५/७६ को भन्दा बढी पाम तेल भारतमा निर्यात भएको छ । आव ७६/७७ मा १८ अर्ब ३४ करोड ५२ लाख एक हजार रुपैयाँको १७ करोड २ लाख ४९ हजार ३४१ लिटर पाम तेल निर्यात भएको तथ्यांक छ । जुन अघिल्लो वर्षको तुलानमा ७७.५४ प्रतिशतले बढी हो ।

उक्त वर्षमा कच्चा पाम तेलमात्रै २ करोड ७२ लाख २२ हजार र कच्चाबाहकेको १८ अर्ब ३१ करोड ७९ लाख ८० हजारको पाम निर्यात भएको छ ।

आर्थिक वर्ष ७७/७८ मा

आर्थिक वर्ष ७७/७८ मा भने पाम निर्यात घटेको छ । उक्त आर्थिक वर्षमा पनि भारतले आव ७४÷७५ मा जस्तै पाम तेलमा लगाएको प्रतिबन्धको कारण निर्यातमा कमी आएको हो ।

आव ७७/७८ मा नेपालबाट भारतमा ९ लाख ८७ हजार रुपैयाँको ६ हजार ६७ लिटर पाम तेल निर्यात गरेको थियो । नेपाली उत्पादन भारतमा जाँदा भारतीय बजार प्रभावित भएको भन्दै भारतले उक्त वर्षमा केही महिनासम्मको लागि एकपक्षीय रुपमा प्रतिबन्ध लगाएको थियो । उक्त आर्थिक वर्षमा नेपालमा कुल ९ लाख ८७ हजार रुपैयाँको ६ हजार ६७ लिटर कच्चाबाहेक र परिस्कृत पाम तेल निर्यात भएको थियो ।

प्रतिबन्ध लगाएको केही महिनापछि भारतले पुनः पाम निर्यात खुलाएको थियो । जुन अहिले पनि खुला छ । निर्यात भइरहेको छ ।

आर्थिक वर्ष ७८/७९ मा

आर्थिक वर्ष ७८/७९ मा पाम निर्यात ह्वातै बढेको छ । उक्त वर्षमा अघिल्लो आर्थिक वर्षको तुलानमा ४१ अर्ब ६ करोड ४७ लाख २९ हजार रुपैयाँको पाम तेल भारतमा निर्यात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४१ हजार ६०५ गुणाले बढेको हो ।

के हो पाम तेल ?

पाम तेल वनस्पति तेल हो । यो संसारभर विभिन्न प्रयोजनको लागि प्रयोगमा ल्याइन्छ । पाम तेल साबुन बनाउन पनि प्रयोग गरिन्छ । खाने तेलजस्तै पाम तेल खानाका लागि प्रयोग गरिन्छ । यसबाहेक धेरै उद्योगहरुमा पनि यो तेल प्रयोगमा ल्याइन्छ ।

पाम तेल ताडको रूख (खजुर प्रजातिको वनस्पति)को बिउबाट निकालिन्छ । विशेषगर यो वनस्पति दक्षिण तथा दक्षिणपूर्व एशियाका राष्ट्रहरुमा पाइन्छ ।

यो धेरै उच्च तापमानमा पग्लन्छ । यसमा संतृप्त बोसोको मात्रा धेरै हुन्छ । यही कारण यसबाट मुखमा दल्ने क्रिम र टफी–चकलेट बनाइन्छ ।
पाम तेल उत्पादनमा इन्डोनेसिया विश्वमा पहिलो स्थानमा छ । मलेसिया दोस्रो नम्बरमा छ । यो केही अफ्रिकी देशहरूमा पनि उत्पादन गरिन्छ ।

एक वर्ष : यहीं उत्पादन हुने खाद्यान्नमा नेपालको खर्च १ खर्ब