बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु

काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो ।
दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उनी एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ ।
विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उनी एमालेमै बसेका थिए। ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए । यसअघि उनी संविधानसभाका सदस्यसमेत बनेका थिए ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया