NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

लोक सेवाले माग्यो ५ पदमा जनशक्ति, परीक्षा पुस ८ देखि (विज्ञापनसहित)

काठमाडौं । लोक सेवा आयोग, प्रदेश १ ले पाँच पदमा २४ जनशक्ति माग गरेको छ । खुला तथा समावेशी समावेशी प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्न आयोगले सिभिल इन्जिनियरदेखि भेटेरिनरीसम्मका प्राविधिक पदमा जनशक्ति माग गरेको हो ।

स्थानीय तह छुट्याएर गरिएको विज्ञापनमा सबैभन्दा धेरै सहायक कृषि प्रसार अधिकृत र सहायक बाली संरक्षण अधिकृत ११ जना माग गरिएको छ । सिभिल इन्जिनियर ७, सहायक पशु चिकित्सक र सहायक पशु अधिकृत ३/३ जनाका लागि आवेदन खुलाइएको आयोगले जनाएको छ ।

आवेदन अनलाइनमार्फत बुझाउन सकिने छ र यसको म्याद कात्तिक २० गतेसम्म दिइएको छ । दोब्बर दस्तुर तिरेर भने कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने आयोगको विज्ञापनमा उल्लेख छ ।

आयोगले विज्ञापनसँगै परीक्षा कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअनुसार, प्रथम पत्रको परीक्षा पुस ८ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् विज्ञापन

ताजा अपडेट

नेपालवाच विशेष