NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सुरू भयो ‘स्टार्टअप फेस्ट’

काठमाडौं । आजबाट काठमाडौंको बानेश्वरमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२ सरू भएको छ । भोलि शनिबारसम्म थापागाउँस्थित बानेश्वर ब्यान्क्वेटमा हुने यो कार्यक्रम लिभिङ विथ आइसिटीको आयोजनामा भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले ड्रोनबाट पुष्पवृष्टि गर्दै आज उक्त कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको पनि सहभागिता थियो ।

सचिव अर्यालले कार्यक्रमलाई सम्बोधन गर्दै स्टार्टअपलाई सहयोग गर्नका लागि मन्त्रालय सधैं तयार रहेको बताएका छन् । कस्ता किसिमका नवप्रवर्तनमुखी काम भइरहेका छन् भन्नेबारे जान्न र बुझ्न यो सम्मेलनमा सहभागी हुन पनि उनले आग्रह गरेका छन् । ‘हामी प्रविधिको दुनियाँमा त्यत्ति धेरै कमजोर छैनौं,’ उनले भने, ‘मात्रै हामीलाई यस्ता कार्यक्रमको खाँचो छ । आसन्न निर्वाचनपछि यस्ता कामलाई अझै गति दिन हामी तयार छौं ।’

पूर्वमन्त्री साहले स्टार्टअपलाई प्रवद्र्धन गर्नका लागि यस्ता किसिमका कार्यक्रम देशका सबै निर्वाचन क्षेत्रमा पुग्नुपर्नेमा जोड दिए ।
लिभिङ विथ आइसिटीले नेपालमै पहिलोपटक देशभरका स्टार्टअपहरू एकै ठाउँमा भेला हुने सम्मेलनको आयोजना गरेको कार्यक्रमा सञ्चालक राजन लम्सालले बताए।

कार्यक्रममा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनालिस्टहरूसँगै सातै प्रदेशबाट छानिएका नवप्रवर्तनमुखीहरूको सहभागिता रहेको थियो ।  आज र भोलि विहान १० देखि साँझ ५ बजेसम्म उक्त फेस्ट अवलाेकन गर्न सकिनेछ ।

उक्त फेस्टमा सयभन्दा बढी स्टार्टअप र नवप्रवर्तनकारीहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राखेका छन् । आइसिटी अवार्डका लागि त्यहाँ सहभागीबाट उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ मेसिनबाट भोट पनि गर्न सकिनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष