NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

किराँत समुदाय उधौली पर्व मनाउँदै

काठमाडाैं । आज उधौली पर्व, किराँत समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् ।

जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भइ १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ ।

यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ ।

उधौली पर्वका अवसरमा परम्परागत भेषभूषा लगाइ सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा उहाँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन उधौलीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उनले उल्लेख गरेका छन् ।